मायादेवी अनलाइन, जितपुर ।
नेपाल किसान ट्याक्टर समिती वाणगंगा कपिलवस्तुले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समितीले प्रत्येक वर्षको असोज १० गते वार्षिक कार्ययोजना अन्तरगत रक्तदान कार्यक्रम गर्दै आएको छ ।
सोहि अनुसार कार्यक्रम आयोजना गरिएको महासचिव झविन्द्र खनालले जानकारी दिनुभयो । कार्यक्रममा ८४ जनाले रगतदान गरेका छन् ।
विभिन्न क्लव, संघसंस्थाका प्रतिनिधीले गरेको रक्तदानबाट ८४ प्वाईन्ट रगत संकलन भएको महासचिव खनालले बताउनुभयो । कार्यक्रम रक्त संचार बुटवल शाखा अध्यक्ष प्रेम उदासको प्रमुख आतिथ्यता, नेपाल किसान ट्याक्टर समितीका अध्यक्ष शंकर प्रसाद पाण्डेको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । निवर्तमान अध्यक्ष मधु अर्याल लगाएतको उपस्थिती रहेको कार्यक्रमको संचालन महासचिव झविन्द्र खनालले गर्नुभएको हो ।
प्रतिक्रिया