४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

भेरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं ।
बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बर्दिया र बाँकेका गरी दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

बर्दियाको बारबर्दिया नगरपालिका–४ का ७२ वर्षीय वृद्धको शनिबार राति ९ः३० बजे मृत्यु भएको हो । उनीमा भदौ ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै शनिबार बाँकेको कोहलपुर नगरपालिका–५ का २२ वर्षीय युवकको राति १ः३० बजे मृत्यु भएको ओलीले बताए । उनीमा असोज ४ गते संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : १० आश्विन २०७८ आइतबार ००:००  २ : ४१ बजे