४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कांग्रेस रुकुम पूर्वको पालिका अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन



रुकुम ।
रुकुम पूर्वमा नेपाली काँग्रेसको पालिका अधिवेशन सकिएको छ । जिल्लामा रहेका तीनवटै गाउँपालिकामा भएको अधिवेशनले सहमतिबाटै गाउँ कार्य समितिको नेतृत्व टुङ्ग्याएको छ । सिस्ने गाउँपालिकामा पुरानै सभापति मदन बिसीको सभापतित्वमा ४७ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसको उप–सभापतिमा बचन झाँक्री मगर र गोविन्द शाह, सचिवमा हेमन्त खत्री र भक्तबहादुर दमाई, सह–सचिवमा अर्जित हमाल र प्रेम शाहीलाई चयन गरिएको छ ।

यसैगरी भूमे गाउँपालिकामा पनि पुरानै सभापति दिनेश रोकाको सभापतित्वमा ५२ सदस्यीय गाउँ कार्यसमिति चयन गरिएको छ । भूमे गाउँ कार्य समितिको उप–सभापतिमा प्रेम पुन र कमला ओली ९खड्का०, सचिवमा शिशिर पुन र वीरेन्द्रकुमार घर्ती, सह–सचिवमा राजकुमार बुढा र हरि पुनलाई चयन गरिएको छ ।

उत्तरगंगा गाउँपालिकामा भने सतस बुढाको सभापतित्वमा ७७ सदस्यीय गाउँ कार्य समिति चयन गरिएको छ । उप–सभापतिमा वीरबल रोका र मायापुरा विक, सचिवमा जुनकुमारी विक र नरेश पुन, सह–सचिवमा श्याम बुढा र गीता सुनुवार चयन गरिएको छ । कोषाध्यक्ष भने सभापतिले मनोनयन गर्ने र गाउँ कार्य समितिको बैठकले अनुमोदन गर्ने नेपाली काँग्रेस रुकुम पूर्वले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७८ आइतबार ००:००  २ : ३२ बजे