४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

अनिता विकको उपचारमा सुनचाँदी व्यवसायीको ५० हजार सहयोग



मायादेवी अनलाइन, चारनम्बर ।

सुत्केरीपछि प्राणघातक रोगको सिकार भएकी कपिलवस्तुकी २२ बर्षिय महिला अनिता विकको उपचारमा सहयोग रकम जुट्न थालेको छ । काठमाण्डौँको बासबारीस्थित मंगोलिया न्यूरो हस्पिटलमा उपचाररत विकको परिवारको खास अवस्थाको बारेमा मायादेवी अनलाइन र टिभीले पहिलोपटक भिडियो सामाग्री प्रसारण गरेपछि सहयोग जुट्न शुरु भएको हो । यसैक्रममा बाणगंगा सुनचाँदी ब्यवसायी संघ ४ नम्बर जितपुरले अनिताको घरमै पुगेर ५० हजार सहयोग गरेको छ ।

अनिताको स्वास्थ्य लाभको कामना गर्दै संघका अध्यक्ष डिल बहादुर सुनारको टोलीले सो सहयोग अनिताका ससुरालाई हस्तान्तरण गरेका थिए । साथै उनीहरुले विकको स्वास्थ्य लाभको कामना पनि गरेका छन् । अनिताको उपचारमा अहिले २५ लाख बढी खर्च भइसकेको छ । दैनिक १ लाख खर्च हुने, भेन्टिलेटरमा दैनिक २० हजार वहन गर्न नसक्दा सो परिवार अहिले तनावमा छ ।

फलामको काम गरेर जीवन गुजारा गरेको सो परिवारले अहिले चप्परगाउँमा रहेको १० धुर जग्गा र त्यहाँ बनेको घर धरौटीमा राखेर पैसा झिकिसकेको छ । तर पनि उपचारमा अपुग भएपछि सबैसंग याचना गर्नुको विकल्प नरहेको परिवारले मायादेवीसंग बताए । अनिताकी २ महिनाकी छोरी घरमा छिन् भने उनी अस्पतालको भेन्टिलेटरमा जीवन मरणसंग लडिरहेकी छिन् ।

प्रकाशित मिति : १० आश्विन २०७८ आइतबार ००:००  ९ : ४१ बजे