४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रेस चौतारी कपिलवस्तुको वैठक सम्पन्न (यस्ता छन् निर्णयहरु)




कपिलवस्तु ।
सक्रिय पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल जिल्ला शाखा कपिलवस्तुको पुर्ण वैठक शनिवार गोरुसिंगेमा बसेको छ । पार्टीको १० बुँदे सहमती कार्यान्वयन गर्ने शिलशिलामा २०७५ जेठ २ अनुसार प्रेस चौतारी कपिलवस्तुको पुर्ण वैठक आयोजना गरेको हो ।

वैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले विकासका सवाललाई मुख्य प्राथमिकतामा राखेर कलम चलाउनु पर्ने बताए । विकासका सवालहरु उठाउदा संचारकर्मीले निष्पक्षता सहित खोजमुलक पत्रकारितामा जोड दिनुपर्ने बताएका छन् । सत्य, तथ्यमा आधारित रहेर पत्रकारीता गरेमा देशले सहि मोड लिने र दिगो शान्ति स्थापना हुने अध्यक्ष पोख्रेले बताए ।

कार्यक्रममा बोल्दै प्रेस चौतारीकी केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्ज पार्वती पाण्डेले पत्रकारीता पेशालाई मर्यादिन बनाउन सञ्चारकर्मीलाई आग्रह गरिन् । शिक्षा, स्वास्थ्य, विकास, महिला, वालवालिका लगायतका सवालहरुलाई जनसमक्ष पस्किनु पर्ने बताउदै जनताका दबिएका, अन्यायमा परेकाका आवाजहरुलाई पत्रकारले प्रकाशन या प्रसारण गर्नुपर्ने पत्रकारीताको धर्म भएको औल्याइन् । कार्यक्रममा जिल्ला प्रचार विभाग प्रमुख लक्ष्मण बेल्बासेले मर्यादित पेशामा रहेर काम गर्ने असल पत्रकारको समाजमा छुट्टै पहिचान हुने बताए ।

कार्यक्रममा चौतारीका पुर्व अध्यक्ष भेषराज पाण्डेले प्रेस चौतारीले पत्रकारीतामा छुट्टै पहिचान स्थापित गरेकोले यसलाई निरन्तरता दिनु पर्नेमा बताए । चौतारीका जिल्ला अध्यक्ष हरि अधिकारीको अध्यक्षता सचिव बाबुराम रायमाझीको सञ्चालनमा भएको वैठकले विभिन्न महत्वपुर्ण निर्णय समेत गरेको छ । जस अनुरुप चौतारीका पुर्व अध्यक्ष स्वर्गिय नन्दराम पौडेलको स्मृतिमा एक लाखको अक्षय कोष स्थापना गर्ने निर्णय गरेको छ । साथै स्वर्गिय पौडेलको योगदाको उच्च सम्मान गर्दै उक्त अक्षय कोषबाट हरेक वर्ष नन्दराम पौडेल स्मृति पत्रकारीता पुरस्कारबाट एक जना सक्रिय पत्रकारलाई पुरस्कृत गरिने छ ।

त्यसै गरि चौतारीको प्रशिक्षणात्मक भेला यहि आउदो असोज २५ गते गोरुसिंगेमा गर्ने निर्णय गरिएको छ । प्रेस चौतारीको रिक्त रहेको कोषाध्यक्ष पदमा गिता पौडेल र सदस्यमा अजय मिश्रालाई मनोनित गरेको अध्यक्ष हरि अधिकारीले जानकारी दिए । उनले सक्षम र सुदृढ प्रेस चौतारीको अभियानलाई सशक्त रुपमा अघि बढाउदै संगठनलाई एक ढिक्का भएर अगाडि बढाउने बताए ।

प्रकाशित मिति : १० आश्विन २०७८ आइतबार ००:००  ९ : १८ बजे