४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

माओवादी केन्द्र कपिलवस्तुको कार्यालय सचिवमा सरोज खनाल



कपिलवस्तु ।
नेपाल कम्युनिस्ट पार्टी (माओबादी) केन्द्र कपिलवस्तुको जिल्ला कार्यालय सचिवमा सरोज खनाल चयन हुनु भएको छ । जिल्लाको बुद्धभुमि नगरपालिका गोरुसिङ्गेमा भएको पार्टीको प्रथम बैठकले खनाललाई कार्यलय सचिवको जिम्मेवारि प्रदान गरेको हो ।
माओबादि केन्द्रका कपिलवस्तु जिल्ला अध्यक्ष विष्णु शाहको अध्यक्षतामा बसेको बैठकले महत्वपुर्ण निर्णय गर्नुका साथै विभिन्न समिति उप समितिहरु चयन गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै स्थाई कमिटि सदस्य तथा लुम्बिनि प्रदेश ईन्चार्ज चक्रपाणि खनाल बलदेवले पार्टी केपि ओलिका कारण फुटे पनि त्यसको कपिलवस्तुमा केहि असर नभएको बताउनु भयो ।

बैठकले माओबादि केन्द्रको जिल्ला स्थित भवन निमार्णका लागि हजरत अलिको संयोजकत्वमा ११ जनाको समिती लाई अगाडि सारेको छ ।
बैठकमा माओवादी केन्द्रका जिल्ला नेता कमल चुदाली, भनु श्रेष्ठ, राम लौटन तिवारी, भातृ संगठनका पदाधिकारी लगाएतको उपस्थिती रहेको बैठकको सञ्चालन सचिवालय सदस्य देबराज अर्यालले गर्नुभएको थियो ।

प्रकाशित मिति : १० आश्विन २०७८ आइतबार ००:००  ६ : २५ बजे