४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कपिलवस्तुको चप्परगाँउमा टिप्पर र ट्याक्टर ठोक्किए, ३ जना घाईते



मायादेवी अनलाइन, जितपुर ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत कपिलवस्तुको वाणगंगा नगरपालिका ८ चप्परगाँउमा टिप्पर र ट्याक्टर एकआपसमा ठोक्किएका छन् । पश्चिमबाट पूर्व आउदै गरेको ना ८ ख ५३९२ नम्बरको टिप्पर र पूर्व बाट पश्चिम तर्फ जादै गरेको लु २ त ८८५५ नम्बरको ट्याक्टर शनिबार साझ दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
दुर्घटनामा ट्याक्टरमा सवार ३ जना घाईते भएका छन् । घाईतेको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरी निरिक्षक दिनेश गुरुङले मायादेवीलाई बताउनुभयो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८ शनिबार ००:००  ७ : २३ बजे