४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

क्षेत्रीय प्रतिनिधिको लागि वाणगंगाबाट २७२ जना छानिए, १ नम्बरमा बाँकी



मायादेवी अनलाइन, चारनम्बर ।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये शनिबार नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ९ जिल्लामा मात्रै गाउँनगर अधिवेशन सुरु भएको छ ।
१२ जिल्ला रहेको लुम्बिनी प्रदेशका ४ जिल्लामा निर्धारित तालिका अनुसार निर्वाचन हुन सकेन । प्रदेशका कपिलवस्तु बाँके र गुल्मीमा विवादका कारण पालिका अधिवेशन रोकिएको छ भने बल्लबल्ल वडा अधिवेशन सक्काएका छन् । वडाको अधिवेशनमा पनि आकांक्षिहरु बढी भएपछि कांग्रेसलाई निर्वाचन सम्पन्न गर्न हम्मेहम्मे पर्यो । कपिलवस्तुमा भोलिसम्म वडाको अधिवेशन सक्ने र असोज १२ गते गाउँनगरको अधिवेशन गर्ने तयारी गरिएको छ ।

यसैबीच जिल्लाको बाणगंगा नगरपालिकाकमा ३ दिन लगाएर पनि वडा अधिवेशन सकिएको छैन । अझै वडा नम्बर १ को अधिबेशन बाँकी छ । किचलोका कारण समयमा हुन नसकेको अधिवेशन आइतबार विहान ८ बजेको लागि तोकिएको छ । काँग्रेस जिल्ला सदस्य रवि बहादुर काफ्लेका अनुसार ३ दिनलगाएर शनिबार साँझसम्म २७२ जना क्षेत्रीय प्रतिनिधिको लागि छनौट भएका छन् ।

अब वाणगंगाबाट २८ प्रतिनिधि छान्न बाँकी छ । काफ्लेका अनुसार नगरको वडा नम्बर २ बाट २८, ३ बाट १९, ४ बाट २९ (वडासभापतिसहित) ५ बाट २७, ६ बाट १७, ७ बाट १९ सभापतिसहित, ८ बाट ३९ जना, ९ बाट २७ जना, १० बाट १९ जना, ११ बाट १९ जना क्षेत्रीय प्रतिनिधि छनौट भएका छन् ।

वडा नम्बर १ को भने भोली विहान ८ बजे मतदान हुने छ । यस्तै पालिका नगरकार्यसमितिको अधिवेशन १२ गते हुन पनि काफ्लेल जानकारी दिनुभयो । प्रदेश र सघको भने अझै अनिश्चित छ । यस्तै जिल्लाका अन्य पालिकामा पनि वडा अधिवेशन सकिएको छ । अन्य पालिकाको वडा अधिवेशन पनि सकिएको युवा नेता चन्द्रकान्त पोख्रेलले मायादेवी अनलाइनलार्ई जानकारी दिनुभयो ।

प्रकाशित मिति : ९ आश्विन २०७८ शनिबार ००:००  ६ : ४४ बजे