४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

यो सरकारबाट आशा गर्ने स्थिति छैन : पौडेल



भैरहवा ।
्नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री बिष्णु पौडेलले वर्तमान सरकारबाट केही आशा गर्नु बेकार हुने बताएका छन् । गठन भएको २ महिना भई सक्दा सरकारलाई पूर्णता समेत दिन नसकेको सरकारबाट जनताले केही आशा गर्नु ब्यर्थ रहेको उनको भनाई छ ।

उद्योग ब्यपार संगठन रुपन्देहीको १४ बार्षिक साधारण सभा तथा सातौ अधिवेशनलाई सम्बोधन गर्न भैरहवा आईपुगेका नेता पौडेलले यो सरकारबाट आशा गर्ने स्थिति नभएको बताएका हुन । दल बिभाजन सम्बन्धि अध्यादेशको कारण अहिले सरकार गठन रोकेको उनको जिकिर रहेको छ । अध्यादेश फिर्ता नभई सरकार गठन गरे सरकारमा सहभागी दलहरु पनि बिभाजित हुने अवश्था आउन भएकोले अध्यादेश फिर्ता भए मात्र मन्त्रीको नाम दिने सहभागी दलहरुकै शर्त रहेको उनले बताए ।

यस कारण दल बिभाजन सम्बन्धि अध्यादेश नेकपा एमालेलाई बिभाजन गर्ने उद्देश्यले मात्र ल्याईएको उनको दावी छ । उनले एमाले बिभाजित भयो भन्ने आत्मरतिमा कोही पनि नरमाए हुने बताए । “हामी देखिरहेका छौ यसले कुर्न तात्विक रुपमा असर पर्नेवाला छैन, अघिल्लो प्रतिनिधिसभाको निरन्तरताबाट मुलुकले कुनै प्रकारको गति लिन सक्थेन, त्यस कारण ताजा जनादेशमा जानु पर्ने भएकोले मध्यावधि निर्वाचनको लागी कदम चालिएको थियो ।” पौडेलले भने ।

यस्तै नेता पौडेलले रुपन्देहीलाई देशकै बिकासको रोल मोडलको रुपमा बिकसित गरि रहेको बताए । उनले यहा गौतम बुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल, बेलहिया–बुटवल, तौलिहवा भैरहवा, बेथरी बेलवास सडक, सेज र मोतीपूर औद्योगिक कोरिडोर, अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र लगायतका पूर्वाधारहरुले रुपन्देहीलाई देशकै बिकासको रोल मोडल बनाएको जिकिर गरे । गौतम बुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलको पहिलो चरणको उद्घाटन संगै एयर ब्रिज सहितको दोश्रो चरणको शिलान्यास समेत गरिने जानकारी दिए ।

यसको लागी एडिबीले काउण्टर पार्ट सहयोगमा ७ अर्ब रुपैया लगानी समेत गर्ने बताउदै उनले बाँकी नेपाल सरकारले लगउने ७ अर्बको आफु अर्थमन्त्री हुदा बजेट बिनियोजन गरि दिएको दावी गरे । तर अहिलेको सरकारले उक्त बजेट घटाएर ५ अर्ब गरि दिएको बताउदै नेता पौडेलले सरकारलाई यो आयोजना अगाडी बढ्ने कार्यमा भाजो नहाल्न चेतावनी दिएका छन् । “यो आयोजना अगाडी बढाउने कार्यमा सरकारले कुनै प्रकारले बिलम्ब गरे त्यो हामीलाई कुनै पनि हालतमा मान्य हुने छैन, हामी शशक्त रुपमा दबाब दिने छौं ।” उनले भने ।
२०६३ सालमा स्थापना भएको उद्योग ब्यपार संगठन रुपन्देहीमा ३ हजार २ सय ब्यवासायी आवद्ध रहेका छन् ।

आजै देखी आफ्नै भवनमा सरेको संगठन निजि क्षेत्रको हक, सुरक्षा अधिकार, लगानीमा सुरक्षा, निजि क्षेत्र मैत्री कानुन लगायतमा पैरवी गर्दै आएको छ । संगठनको सातौ अधिवेशनले नया कार्यकालको लागी नया नेतृत्व समेत गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८ शनिबार ००:००  १ : ४३ बजे