४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

स्रोत नखुलेको ९५ लाखसहित दुई जना पक्राउ



काठमाण्डौ ।
स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित काठमाण्डौबाट दुई जना पक्राउ परेका छन् ।

चितवनबाट काठमाण्डौका लागि छुटेको ग १ ख ६६४५ नम्बरको यात्रुवाहक माइक्रोमा यात्रा गरेका यात्रुको झोला जाँच गर्दा भारतको महाराष्ट्रका सागर मालीको साथबाट ४५ लाख र कृष्ण अढाडेको साथबाट ५० लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले बोकेको पैसोको स्रोत नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८ शनिबार ००:००  १२ : ३८ बजे