४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सुदूरपश्चिममा ४ दशमलब ४ रेक्टर स्केलको भूकम्प




बैतडी ।
बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा शुक्रबार राति भूकम्प गएको छ । राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ४ दशमलब ४ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु दार्चुलाबाट उत्तरपश्चिम ४० किमी भारतमा रहेको छ ।

भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । यसअघि गत असोज ४ गते पनि दार्चुलाको खर्रा केन्दुबिन्दु बनाएर ४ दशमलब २ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७८ शनिबार ००:००  ९ : २७ बजे