४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कांग्रेसले आज ६४ जिल्लामा पालिका तहको अधिवेशन गर्दै



काठमाडौं ।
आशन्न १४ औं महाधिवेशन अन्तरगत नेपाली कांग्रेसले आज ६४ जिल्लामा पालिका तहको अधिवेशन गर्दै छ । केन्द्रीय निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठका अनुसार डडेलधुरामा पनि अधिवेशन हुने छ।
संस्थापन इतर समूहले बहुमतले अस्विकार गरेको डडेलधुराको वडा अधिवेशननै पुनः गराउन माग गरिरहेको छ ।
श्रेष्ठले भने, “हाम्रो कार्यतालिका अनुसार ६४ जिल्लाको गाउँ र नगरपालिका अधिवेशन आज हुन्छ । कुनै जिल्लाले पनि रोकियो भन्ने सूचना छैन ।” अधिवेशन बिहान १० बजेबाट शुरू हुने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८ शनिबार ००:००  ८ : १२ बजे