४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

आजको मौसम, केही ठाउँमा मेघजर्गन र चट्याङ्गसहित पानी पर्न सक्ने



काठमाण्डौ ।

आज देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर केही ठाउँमा मेघजर्गन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पानी पार्ने मौसमी प्रणालीको प्रभाव खासै नपरे पनि स्थानीय वायुको प्रभावका कारण आज देशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज दिउँसो विशेषगरी प्रदेश(१, २ र वाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना छ । राति सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।
अबको केही दिन ठूलो पानी पर्ने लगातार झरी पर्ने सम्भावना नभएको उहाँले बताउनुभयो । मनसुन बाहिरिने सङ्केत देखिन थालिसकेको उहाँले बताउनुभयो । देशभरका वर्षा मापन केन्द्रमध्ये ९० प्रतिशत स्टेसनमा लगातार तीनदेखि चार दिनसम्म वर्षा शून्य रेकर्ड भएमा मनसुन सकिएको मानिनेछ ।
यो वर्षको मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७८ शनिबार ००:००  ७ : ५५ बजे