४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

१० बुँदे कार्यान्वयन नभएकोमा भीम रावलको असन्तुष्टि



काठमाडौं ।

नेकपा एमालेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन् । तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि जारी भएको अन्तरपार्टी निर्देशन (अपानि) को समीक्षा गर्न माग गरेका हुन् ।

अपानी कार्यान्वयन नभएकाले छलफल गर्नुपर्ने रावलको माग रहेको एक नेताले जानकारी दिए । तर अध्यक्ष केपी शर्मा ओलीले यसबारे स्थायी कमिटीमा छलफल गर्ने आश्वासन दिएका छन् । २७ असारमा भएको १० बुँदे कार्यान्वयन गर्ने सहमतिपछि माधवकुमार नेपाल समूहमा रहेका दोस्रो पुस्ताका नेताहरु एमालेमै बसेका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०७८ शुक्रबार ००:००  ३ : २५ बजे