४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रचण्डसँग चुनाव लड्न सक्छुः बादल



चितवन ।

नेकपा एमालेका स्थायी समिति सदस्य रामबहादुर थापा ‘बादल’ले आगामी चुनावमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आफू चुनाव लड्न सक्ने बताएका छन्। प्रेस चौतारी चितवनले शुक्रबार गरेको पत्रकार सम्मेलनमा बोल्दै बादलले पार्टीको निर्णय भए प्रचण्डविरूद्ध चुनाव लड्न सकिने उनले बताएका हुन्।

चुनाव घोषणा भइसकेपछि पार्टीले निर्णय गर्छ, त्यो स्थितिमा प्रचण्ड भर्सेज बादल हुन पनि सक्छ, उनले भने। बादल २०६४ सालको संविधान सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। त्यसयता उनी यहाँ चुनाव लडेका छैनन्। प्रचण्ड २०७४ सालको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए।

उनले प्रचण्डले राष्ट्रियता र समाजवादको लाइन छाडे पनि आफूले नछाडेको बताए। लाइन छाड्नेहरूले राष्ट्रियतको विषयमा नयाँ चुनौती खडा गरेको उनले बताए। उनले प्रचण्ड पार्टीको लाइन छाडेर गुट बनाउनतर्फ लागेको पनि बताएका छन्। पार्टीको लाइन छाडेर प्रचण्ड पलायन भएको उनले बताए। लाइन छाड्नेहरुले राष्ट्रियताको विषयमा नयाँ चुनौती खडा गरेका छन्, उनले भने। गुट गर्नेहरूले दक्षिणपन्थी विचलनतिर लागेर कन्फर्टेबल सरकार गठन गरेको उनले बताए।

प्रकाशित मिति : ८ आश्विन २०७८ शुक्रबार ००:००  ३ : २२ बजे