४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

आईपीएल क्रिकेटमा आज चेन्नई र बेङ्ग्लोर खेल्दै



काठमाण्डौ ।

इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज रायल च्यालेञ्जर्स बेङ्ग्लोर र चेन्नई सुपर किङ्ग्स खेल्दै छन् । खेल बेलुका पौने ८ बजे शारजाह क्रिकेट स्टेडियममा हुनेछ । चेन्नईले अहिलेसम्म खेलेका आठ खेलमा ६ मा जित र दुईमा हार बेहोरेको छ । उसको १२ अङ्क छ । आजको खेल जिते चेन्नई अङ्क तालिकाको शीर्ष स्थानमा उक्लने छ । ८ खेलमा ५ मा जित र तीनमा हार बेहोरेको बेङ्ग्लोर १० अङ्ककासाथ तालिकाको तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ८ आश्विन २०७८ शुक्रबार ००:००  ३ : १५ बजे