४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

अबको केही दिन मनसुन निस्क्रिय रहने



काठमाण्डौ ।

अबको केही दिन मनसुन निस्क्रिय रहने मौसमविद्ले बताएका छन् । मनसुन बाहिरिने सङ्केत देखिएकाले अबको केही दिन ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना नभएको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज भने पश्चिम तराईका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । काठमाण्डौसहित देशका अरु ठाउँमा भने सामान्यतया मौसम सफा नै रहने उहाँले बताउनुभयो । राति पश्चिम तराईका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । अरु ठाउँको मौसम भने सामान्य बद्ली मात्र भएर कतैकतै फाट्टफुट्ट पानी पर्ने सम्भावना छ ।

प्रकाशित मिति : ८ आश्विन २०७८ शुक्रबार ००:००  ९ : १९ बजे