४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

२४ घण्टामा १ हजार २ सय ३९ सङ्क्रमित थपिए



काठमाण्डौ ।

पछिल्लो २४ घण्टामा एक हजार दुई सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १५ हजार दुई सय ४३ नमुना परीक्षण गर्दा आठ दशमलव १२ अर्थात् एक हजार दुई सय ३९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
आज थपिएकासँगै नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७८ हजार सात सय ७६ पुगेको छ । यस्तै थप एक हजार तीन सय २४ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ५६ हजार नौ सय ५४ पुगेको छ ।
यही अवधिमा थप १३ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ७२ पुगेको छ ।

अहिले नेपालमा २० हजार सात सय ४३ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय ४० जनाको आईसीयू र एक सय ११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यस्तै २४ घण्टामा थप एक लाख ३८ हजार तीन सय ८५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ५८ लाख ६० हजार नौ सय जनाले पूर्ण मात्रा र ६२ लाख ९३ हजार जनाले पहिलो मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८ बिहिबार ००:००  ५ : १७ बजे