४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

‘तपाईँको मास्क खोइ रु’कार्यक्रम अन्तर्गत ११ लाख ५३ हजारलाई मास्क वितरण



काठमाण्डौ ।
‘तपाईँको मास्क खोइ रु’ कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले गएको वैशाख ६ गतेदेखि अहिलेसम्म ११ लाख ५३ हजार ४ सय ७० सर्वसाधारणलाई निःशुल्क मास्क वितरण गरेको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा सात हजार ३ सय ७९ जनालाई मास्क वितरण गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि यसबाट हुन सक्ने समस्या र चुनौतीलाई ध्यानमा राखेर सङ्क्रमण रोक्न प्रहरीले तपाईँको मास्क खोइ अभियान सुरु गरेको थियो।

अभियानमा विभिन्न चेतनामूलक कार्यक्रम पनि सञ्चालन गरेको थियो । त्यस क्रममा स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने ८ सय ६९ लाई सम्झाइ-बुझाइ गरिएको छ ।

साथै देशभर सञ्चालित माइकिङ, प्लेकार्ड, पर्चा, पम्प्लेटसहितको ४४ वटा सचेतनामूलक कार्यक्रमअन्तर्गत आठ हजार ७ सय ३९ लाई सचेत गराइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८ बिहिबार ००:००  २ : २२ बजे