४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

महाधिवेशनले आन्तरिक लोकतन्त्र र समाजवादलाई बलियो बनाउछ : देउवा



काठमाण्डौ ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध रहेको बताउनुभएको छ ।

पर्वतको कुश्मा बजारमा रहेको वीपी स्मृति भवनको आज बिहीवार भर्चुअल माध्यमबाट उद्घाटन गर्नुहुँदै उहाँले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्र र समाजवादलाई बलियो बनाउने बताउनुभएको हो ।
सभापति देउवाले अहिले देशभर पार्टी कार्यालय भवन निर्माण हुने क्रममा वृद्धि भएको उल्लेख गर्नुहुँदै यसले पार्टीको संस्थागत विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट शक्ति विभाजन गरेर कांग्रेस ठूलो हुने नसोच्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

विसं २०६६ कात्तिक ११ गते शिलान्यास गरिएको यो भवन झन्डै १२ वर्षमा सम्पन्न भएको छ । एक करोड ४७ लाख रुपैयाँको लागतमा यो भवन निर्माण भएको समितिका संयोजक जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माणका लागि विभिन्न सङ्घ संस्था, व्यक्ति तथा शुभेच्छुकसँग रकम सङ्कलन गरिएको छ । सङ्कलित रकममध्ये ६५ लाख रुपैयाँ बचत भएको र यसलाई अक्षय कोषमा राखिने उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ आश्विन २०७८ बिहिबार ००:००  १ : ५८ बजे