४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

रोनाल्डो सर्वाधिक कमाउने फुटबलर



एजेन्सी ।

पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो सबैभन्दा धेरै आम्दानी गर्ने फुटबलर बनेका छन्। अमेरिकी पत्रिका फोर्ब्सले सार्वजानिक गरेको सबैभन्दा धेरै कमाउने फुटबल खेलाडीको सूचीमा चिर प्रतिद्वन्द्वी अर्जेन्टाइन स्टार लियोनेल मेसीलाई पछि पार्दै उनी सर्वाधिक कमाउने फुटबलर बनेका हुन्। उनले मेसीको भन्दा १५ मिलियन डलर बढी कमाएसँगै शिर्ष स्थानमा पुगेका हुन्। उनी केहि समय अघि आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेडमा आएका थिए। २०२१–२२ को सिजनमा रोनाल्डोले करबाहेक १ सय २५ मिलियन १२ करोड ५० लाख डलर डलर आम्दानी गर्ने छन्।

जसमा तलब र बोनस गरी ७ करोड डलर पाउँदा पाँच करोड ५० लाख व्यावसायिक सम्झौताहरुबाट उनले प्राप्त गर्नै छ। स्पोन्सरसिपको मामिलामा रोनाल्डो सबैभन्दा धेरै रकम प्राप्त गर्नै खेलाडी हुन्।

धेरै आम्दानी गर्ने फुटबलरको सूचीमा मेसी दोस्रो स्थानमा रहेको छन्। उनको ११० मिलियन डलर आम्दानी रहेको छ। यो सूचीमा नेइमार ९५ मिलियन डलर सहित तेस्रो स्थानमा रहँदा केलियन एम्बाप्पे ४३ मिलियन डलर सहित चौंथो स्थानमा छन् । सर्वाधिक कमाउने चार फुटबलरमा तीन खेलाडी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का हुन्।​

ब्यबसायिक रुपमा अन्य खेलाडी अघि

व्यावसायिक रुपमा रोनाल्डो भन्दा अन्य क्षेत्रका खेलाडी अगाडि छन्। टेनिसका रोजर फेडेररले ९ करोड डलर व्यवसायिक रुपमा कमाउँछन्। त्यस्तै लेब्रोन जेम्सले ६ करोड ५० लाख डलर कमाउँदा टाइगर वूड्सले ६ करोड डलर आम्दानी गर्ने छन्।

प्रकाशित मिति : ७ आश्विन २०७८ बिहिबार ००:००  ९ : ४७ बजे