४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

१९ लाख रुपैयाँसहित जुवातास खेल्ने पक्राउ



काठमाण्डौ ।

काठमाण्डौमा झण्डै १९ लाख रुपैयाँसहित जुवातास खेल्ने पक्राउ परेका छन् । गएराति साढे १२ बजे काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका ७ हरहर महादेवबाट १८ लाख ७५ हजार ५ सय रुपैयाँ र सात बुक ताससहित १३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जनाएको छ ।
स्थानीय कमल दाहालको घरमा तास खेलिरहेका बेलामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै, काठमाण्डौको कपनबाट पनि जुवातास खेलिरहेका ६ जना २५ हजार ५ सय ५ रुपैयाँसहित पक्राउ परेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७८ बिहिबार ००:००  ८ : ५५ बजे