४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

जिपको ठक्करबाट मृत्यु



उदयपुर ।

बुधबार दिउँसो मदन भण्डारीमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश१–०२–००२च ४८७४ नंको बोलेरो जिपले बेलका–९ खारखोलाबाट पश्चिम जाँदै गरेको स४प ९१०५ नंको मोटरसाइकलमा सवार राईलाई ठक्कर दिएको थियो । बलेरोको ठक्करबाट घाइते राईलाई तत्कालै उपचारका लागि सुनसरीस्थित बिपी मेमोरियल अस्पताल धरानमा लगेर उपचार गर्ने क्रममा घाइते राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए ।
चालक र बोलेरोलाई इलाका प्रहरी कार्यलय बेलका रामपुरले नियन्त्रणमा लिएको छ । रासस

प्रकाशित मिति : ७ आश्विन २०७८ बिहिबार ००:००  ७ : ५९ बजे