४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नेकपा एसको बैठकमा ७ एजेण्डा, केन्द्रीय कमिटी विस्तार हुने



काठमाडौं ।
नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठक आज दिउँसो बस्दैछ । आजको बैठकले केन्द्रीय कमिटी समेत विस्तार गर्ने एजेण्डा राखिएको छ ।

एमाले विभाजनका बेला तत्कालीन एमालेका ५७ जना केन्द्रीय सदस्यको हस्ताक्षर सनाखत गराइएको थियो । अब केन्द्रीय कमिटी विस्तार हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा आज सदस्यहरुको सपथग्रहण समेत हुनेछ । खतिवडाका अनुसार आजको बैठकमा ७ वटा एजेण्डा केन्द्रीय सदस्यहरुलाई दिएको छ ।

बैठकमा बरिष्ठ नेता झलनाथ खनालले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नेछन् भने त्यसमा सामुहिक छलफल हुनेछ । आवधिक कार्ययोजना,समसामयिक प्रस्तावहरुमाथि छलफल गरेर बैठक टुंगिने खतिवडाले बताए ।

प्रकाशित मिति : ५ आश्विन २०७८ मंगलबार ००:००  ९ : ४७ बजे