४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

एमालेकै कार्यकर्ताले बुटवलका मेयरलाई मुक्का प्रहार गरे



बुटवल ।
नेकपा एमाले रूपन्देहीका जिल्ला अध्यक्षसमेत रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने व्यक्ति एमालेकै कार्यकर्ता रहेको पाईएको छ।

सोमबार बिहान बुटवल ३ ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा झरेको पहिरो निरीक्षणका लागि गएका नगरप्रमुख सुवेदीमाथि स्थानीय एक युवाले मुक्का प्रहार गरेका थिए। ति युवा ज्योतिनगरका गणेश पंगेनी रहेको प्रहरीले बताएको छ।

लुम्बिनी वाणिज्य क्याम्पसमा अध्यनरत पंगेनी अनेरास्ववियू रुपन्देही जिल्ला कमिटीका सदस्य समेत हुन्। उनले झण्डै एकम हिनादेखि पहिरोले घर पुरिए पनि स्थानीय सरकारले पहिरो व्यवस्थापनमा चासो नदिएकाले मुक्का हानेको प्रहरीसामू बताएका छन्।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले भने बाहिर चर्चामा आएजस्तो पक्राउ गर्ने गरी घटना नभएको भन्दै पक्राउ नगरिएको बताएका छन्।

गत भदौ १३ गते ज्योतिनगर र लक्ष्मीनगर माथिको चुरे पहाडबाट पहिरो झरेको स्थानमा सोमबार पुनः पहिरो झर्न थालेपछि मेयर सुवेदी पहिरो निरीक्षणको लागि पहिरोग्रस्त क्षेत्रमा पुगेका थिए।

यो पनि पढ्नुहोस् पहिरो पीडितले बुटवलका मेयरलाई मुक्काले हाने

प्रकाशित मिति : ४ आश्विन २०७८ सोमबार ००:००  ३ : ३६ बजे