४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

विनियोजन विधेयक बहुमतबाट पारितको प्रक्रियामा



काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बाबजुद् सरकारले संसदमा विनियोजन विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढाएको छ । सोमवार बसेको प्रतिनिधि सभा बैठकमा एमालेको नाराबाजीका बाबजुद सभामुख अग्नि सापकोटाले संसदको कारवाही अगाडि बढाएका हुन् ।

एमालेको नाराबाजी चलिरहेको समयमा सभामुखले नेमकिपा सांसद प्रेम सुवाललाई विनियोजन विधेयकमा खर्च कटौतीको प्रस्ताव राख्न समय दिए । सुवालले आफू बसेको स्थानबाटै विनियोजन विधेयकमा खर्च कटौती प्रस्ताव राखे । उनले स्वास्थ्य बीमाभन्दा पनि निःशुल्क स्वास्थ्य उपचारको माग गरे ।

खर्च कटौती प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री जनार्दन शर्माले संयुक्त सरकारको नीति तथा कार्यक्रमअनुसार अध्यादेश बजेटमा सामान्य हेरफेर गरिएको बताए । उनले प्रतिस्थापन विधेयक मार्फत गरीब जनताको पक्षमा कार्यक्रम ल्याएको बताए ।

माधव नेपाललगायत १४ सांसदमाथि कारवाहीको माग गर्दै एमालेले प्रतिनिधि सभाको अधिवेशन शुरू भएको दिनदेखि नै संसदमा अवरोध गरिरहेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८ सोमबार ००:००  १ : ०२ बजे