४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पहिरो पीडितले बुटवलका मेयरलाई मुक्काले हाने



बुटवल ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) शिवराज सुवेदीमाथि स्थानीयले मुक्का प्रहार गरेका छन् ।

केही दिनअघि लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवलको ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करीब २ दर्जन घर क्षतिग्रस्त भएका थिए ।

स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै आएका थिए ।

सोमवार अवलोकनमा गएका मेयर सुवेदीलाई १ जना स्थानीयले मुक्का हानेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७८ सोमबार ००:००  १२ : ५४ बजे