४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मदन अर्याललाई नेपो कपिलवस्तुको संयोजकको जिम्मा



मायादेवी अनलाइन, चारनम्बर ।
नेपो (Native Enthusiastic People 0rganigasation) कपिलवस्तुको संयोजकमा युवा ब्यवसायी मदन अर्याल चयन हुनु भएको छ । सामाजिक र मानवीय कार्य गर्ने उदेश्यले स्थापना भएको सो संस्थालाई अब कपिलवस्तुमा चलायमान गराउनको लागि बाणगंगा नगरपालिका ११ ओदारी घर भएका अर्याललाई नेतृत्व दिइएको हो ।

नेपोको सहसंयोजक अनिता गिरी क्षेत्री र मञ्जु थापा रहनु भएको छ । यस्तै गरी मेम्बरसिप कोर्डिनेटरमा पुजा गिरी, पब्लिष्टमा प्रविन बस्याल, पार्टनरसिप संयोजकमा अशोक अधिकारी, एडिटरमा सुदिप कुँवर चयन हुनु भएको संयोजक अर्यालले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । उहाँले विशेष गरी रक्तदानको क्षेत्रमा उल्लेख्य काम गर्ने बताउनु भयो ।केही दिनअघि उहाँलाई सो जिम्मा दिइएको हो ।

प्रकाशित मिति : ४ आश्विन २०७८ सोमबार ००:००  ९ : २१ बजे