४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम पूर्वानुमानः आज यी स्थानमा भारी वर्षाको सम्भावना



काठमाडौं ।
आज देशभर आंशिकदेखि सामान्य बदली रहि सबै प्रदेशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै गण्डकी र सुदूरपश्चिमको एक दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । वर्षाका कारण स्थानहरूका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले हाल भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको र मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेको जानकारी दिएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन हुनेछ । चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको पूर्वानुमानमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८ सोमबार ००:००  ८ : ०४ बजे