४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

प्याब्सन बाणगंगाको अध्यक्षमा दिपक अधिकारी चयन



मायादेवी अनलाइन, चारनम्बर ।

नीजि तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बाणगंगा नगरपालिकाको अध्यक्षमा दीपक अधिकारी चयन हुनु भएको छ । कपिलवस्तुको गजेहडास्थित गोल्डेन होराइजनका प्रिन्सिपल रहनु भएका अधिकारीलाई चार नम्बरमा सम्पन्न भएको प्याब्सनको दोश्रो अधिवेशनबाट सर्वसम्मत अध्यक्षमा चयन गरिएको हो ।

पाँच सदस्यीय समितिको सचिवमा भोजराज पोख्रेल, कोषाध्यक्ष नविन मरासिनी रहनु भएको छ । यस्तै नरेन्द्र भण्डारी र ललिता क्षेत्रीलाई सदस्यमा चयन गरिएको नवनिर्वाचित अध्यक्ष अधिकारीले मायादेवी अनलाइनसंग बताउनु भयो ।

राजु अधिकारीको अध्यक्षता, प्याब्सन जिल्ला अध्यक्ष शिव डुम्रेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै अधिकारीले नीजि विद्यालयको समस्या र हकहितमा काम गर्ने बताउनु भयो ।

सचिव लेखनाथ पौडेलको संचालन र बुद्धि पौडेलको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि डुम्रे, विशिष्ट अतिथि जिल्ला उपाध्यक्ष सुन्दर पाण्डे र सल्लाहाकार बासुदेव घिमिरेले सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

निवर्तमान अध्यक्ष राजु अधिकारीले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद दिनु भएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७८ सोमबार ००:००  ७ : १९ बजे