४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

नेकपा एकीकृत समाजवादी रुपन्देहीको पदाधिकारीलाई पूर्णता



बुटवल ।
नेकपा (एकीकृत समाजवादी) रुपन्देहीले जिल्ला कमिटीका पदाधिकारीलाई पूर्णता दिएको छ । यसअघि भदौ ११ गते बसेको बैठकले माधव नेपाल समूहले गठन गरेको समानान्तर कमिटीलाई नेकपा एकीकृत समाजवादीमा समायोजन गर्ने निर्णय गरेको थियो ।

आइतबार बुटवलमा बसेको बैठकले पदाधिकारीलाई पूर्णता दिएको हो । जसको अध्यक्षमा राजु गुरुङ, उपाध्यक्षमा सिद्धिचरण भट्टराई, सचिवमा अविराम बिक र सह–सचिबमा सरिता श्रीस रहेका छन् ।

यसअघि नेपाल समूहले गठन गरेको समानान्तर कमिटीमा रहेका उपाध्यक्ष पुरुषोत्तम घिमिरे र सचिव जागेश्वरीदेवी चौधरी भने एमालेमै फर्किएका छन् । बैठकलाई पूर्व सांसद तथा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सल्लाहकार आदित्य नारायण कसौधनले सम्बोधन गर्दै एमालेले कम्युनिष्ट आदर्श र सिद्धान्तबाट च्युत भइसकेकाले कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्न नसक्ने बताए ।

वैचारिक दृष्टिले दक्षिणपन्थी विसर्जनवादमा फसेको एमाले आउँदो चुनावबाट सांगठनिक रुपमा पतन शुरु हुने कसौधनको दाबी छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८ सोमबार ००:००  ६ : २९ बजे