४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

दशैं अघिनै ड्राइभिङ लाइसेन्सको नयाँ आवेदन खुल्ने



काठमाडौं ।
कोरोनाका कारण बन्द भएको सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को नयाँ आवेदन असोज दोस्रो सातादेखि खुल्ने जनाएको छ ।
नेपालमा दोस्रो लहरको कोभिड संक्रमण फैलिएसँगै यातायात व्यवस्था विभागले गत वैशाख १६ देखि आवेदन सेवा बन्द गरेको थियो। अब असोज दोस्रो साताबाट नयाँ आवदेन भर्न सकिने विभागले जनाएको छ।

बन्द हुनुअघि नै फारम भरिसकेका सेवाग्राहीको भने गत भदौ २० देखि लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन भइरहेको विभागले जनाएको छ।

विभागले यसअघि नै नयाँ ‘सवारी अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ जारी गरेको छ। पहिले जस्तो सामान्य गल्ती गर्दा पनि अब फेल हुनुनपर्ने व्यवस्था कार्यविधिमा छ।

लिखितमा न्यूनतम ६० अंक ल्याएमा उत्तीर्ण हुने र प्रयोगात्मकमा ७० ल्याएमा पास हुने कार्यविधिमा उल्लेख छ।

प्रकाशित मिति : ४ आश्विन २०७८ सोमबार ००:००  ६ : २० बजे