४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

बलात्कार आरोप लगाएर ५० लाख बार्गेनिङ गर्ने तीन महिला पक्राउ



दाङ ।
बलात्कारको आरोप लगाएर ५० लाख बार्गेनिङ गर्ने तीन जना महिला पक्राउ परेका छन्। आपराधिक ला (एक्सटर्सन) लिन नहुने कसुरमा तीन जना महिलालाई प्रहरीले पक्राउ गरेको हो। बियर र चिया खाएकै भरमा ५० लाखबाट बार्गेनिङ सुरु गरेर १८ लाखमा बार्गेनिङ टुंग्याइ ‘हनि ट्रयाप’मा पारेर पैसा असुल्ने तीन महिलालाई दाङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ निवासी ३२ वर्षीया सीतादेवी थापा, सोही ठाउँ निवासी ३५ वर्षीया खुमा वली र घोराही ५ निवासी ३२ वर्षीया सुष्मा परियार छन्। पक्राउ परेकामध्ये सीतादेवी थापा बस्दै आएको डेराकोठाबाट असार ७ गते पीडितलाई प्रहरीमा उजुरी दिन धम्की दिइ पीडितबाट १७ लाखको सिभिल बैंकको चेक एक थान र नगद १ लाखमध्ये उक्त चेक सीतादेवी थापाको डेरा कोठाबाट बरामद भएको र नगद १ लाख थापाले ब्याजमा लगाइसकेको भनी प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ। मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ ९एक्सटर्सन० सम्बन्धी कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसुर गरेकाले सोही दफाको उपदफा ३ ९ख० बमोजिम व्यवसायमा गैरकानुनी तरिकाले कुनै क्षति पुर्‍याउने वा चरित्रमा झुटो दोष लगाउने नियतले डर, त्रास देखाई आपराधिक लाभ लिएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ।

प्रकाशित मिति : ३ आश्विन २०७८ आइतबार ००:००  ७ : ४० बजे