४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

नेकपा एकीकृत समाजवादी गुल्मी रुपन्देही सम्पर्क मञ्चको बैठक, यस्ता छन् निर्णय



गुल्मी ।

नेकपा एकीकृत समाजवादी पार्टी गुल्मी रुपन्देही सम्पर्क मञ्चको तयारी वैठक सम्पन्न भएको छ । २ दिन अगाडि मात्रै लुम्बिनी प्रदेश कमिटीको भेलाले जिल्ला अध्यक्ष श्रीराम महत र जिल्ला ईन्चार्ज हिमाल थापालाई जिम्मेवारी दिएपछिको पहिलो कार्यक्रम गुल्मी रुपन्देही सम्पर्कको तयारी वैठक वसेको हो ।

तयारी वैठकले अर्जुन थापा संयोजक, रामु टण्डन सह संयोजक, वामदेव भण्डारी सचिव रहेको ३५ सदस्यीय गुल्मी रुपन्देही सम्पर्क मञ्च भेला आयोजक कमिटी समेत गठन गरेको छ । वैठकलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश कमिटी सचिव राजु गुरुङले अरुका लागि राजनीति गर्ने दिनको अन्त्य भएको वताउनुभयो । उहाले गुल्मिमा प्रदिप ज्ञवाली, गोकर्ण विष्टको विकल्पमा श्रीराम महत र हिमाल थापा जस्ता सयौ युवाहरु तयार भएको दावि समेत गर्नुभयो ।

नेता गुरुङले पाटिको आन्दोलनमा जोडिएका नेता कार्यकर्ताहरुको समस्यामा पाटि र आफु सङै रहने बताउनुभयो । कार्यक्रममा नेकपा एकीकृत समाजवादी गुल्मी ईन्चार्ज हिमाल थापा, रुपन्देही जिल्ला कमिटी सदस्य मदन विष्ट लगायतका नेताहरुले आफ्ना भनाई राख्नुभएको थियो । साथै वैठकले छिट्टै जिल्ला कमिटी गठन र भेला गर्ने निणर्य समेत गरेको छ । भेला गुल्मी कमिटिका अध्यक्ष श्रीराम महतको अध्यक्षतामा वुटवलमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : ३ आश्विन २०७८ आइतबार ००:००  ७ : ३६ बजे