४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

एम.आइ.एस अपरेटर तथा फिल्ड सहायक कार्यसमिति कपिलवस्तुको अध्यक्षमा खड्का



कपिलवस्तु ।

कपिलवस्तुमा जिल्लास्तरीय व्यवस्थापन सुचना प्रणाली अपरेटर तथा फिल्ड सहायक जिल्ला कार्यसमिति गठन भएको छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग अन्तर्गत जिल्लाको १० वटा स्थानिय तहमा कार्यरत एम.आइ.एस अपरेटर र फिल्ड सहायकहरुको भेलाले उक्त समिती गठन गरेको हो ।

शिवराज नगरपालिका अन्तर्गत सेवा इकाईमा कार्यरत दिपक खड्काको नेतृत्वमा १७ सदस्यिय जिल्ला कार्यसमिति सर्व सम्मत चयन गरेको समितिका सचिव सुरेश कहाँरले बताए । विभागले सामाजिक सुरक्षा तथा घटना दर्ता प्रणाली सुदृढीकरणका लागि कार्यक्रम सफल गर्न २०७६ भदौ १७ गते विज्ञापन गरि ७५३ वटा स्थानिय तहमा खुल्ला प्रतिस्पर्धा द्वारा करारमा नियुक्त गरेको थियो ।

कपिलवस्तु जिल्लामा जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, पाँच वर्ष मुनिका दलित बालबालिका र पाँच मुनिका क्षेत्र तोकिएको बालबालिका गरि १ लाख १० हजार भत्ता पाउने सेवाग्राही रहेका छन् । जिल्लको १० वटा स्थानिय तहमा एम.आइ.एस अपरेटर तथा फिल्ड सहायक गरि २६ जना सामाजिक सुरक्षा तथा पञ्जीकरण सेवा इकाईमा कार्यरत रहेका छन् ।

जिल्लामा कार्यरत एम.आइ एस अपरेटर तथा फिल्ड सहायकहरुले आफनो हक अधिकार सुनिश्चीतगर्न र स्थानिय तहमा करारमा कार्यरत कर्मचारीहरुलाई गरिने विभेदको अन्तयका लागि समिति गठन गरिएको नवनिर्वाचित अध्यक्ष दिपक खड्काले बताए ।

नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग अन्तर्गत स्थानिय तहमा रहेका एम.आइ.एस अपरेटरहरुलाई निजामती सेवाको राजपत्र अङकित प्रथम श्रेणी सेवा सुविधा दिने भने पनि मंहगी भत्ता नपाएको गुनासो आइरहेकोले सबै पालिकासंग सहकर्य गरि उपल्बध गराउने खड्काले बताए ।

कार्यसमितिले वृजेश यादवको संयोजकत्वमा पंच गुलाम नाँउ र ओमराज चौधरी रहने गरि ३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको कहाँरले बताए । कार्यसमितिको अध्यक्षमा दिपक खड्का, उपाध्यक्षमा अनिता के.सी सचिवमा सुरेश कहाँर, कोषाध्यक्षमा प्रभाकर सिह चौधरी, सह –सचिव बिरमाया सुनार रहेका छन् । यस्तै सदस्यहरुमा पवन कुमार चौधरी, बालजी चौधरी, राजु रैदास, मिलन पोख्रेल, नारायण प्रसाद उपाध्याय, शिव कुमार हरिजन, सुरेन्द्र कुमार मुराउ, सच्चाराम चमार, जगरजनाथ कुर्मी, ध्रुवतारा बुढामगर, गिर्जा थापा क्षेत्री र पुजा श्रीवास्तव रहने गरी १७ सदस्यिय कार्यसमिति गठन गरेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८ आइतबार ००:००  ७ : ३० बजे