४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

नेकपा (एस) निकट अनेरास्ववियू सर्लाहीको अध्यक्षमा रेग्मी चयन



सर्लाही ।
धव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू सर्लाहीको अध्यक्षमा विनोद रेग्मी चयन भएका छन् ।

शनिवार सर्लाहीको बागमती नगरपालिकाको सभा हलमा सम्पन्न अनेरास्ववियूको प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाबाट रेग्मीको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो । कमिटीमा जितेन्द्र महतो उपाध्यक्ष, चन्द्रकिशोर साह सचिव, आरती साह सहसचिव, वुद्धिमाया घिसिङ कोषाध्यक्ष लगायत अन्य सदस्यहरु चयन भएका छन् ।

नेकपा (एस) निकट अनेरास्ववियूका केन्द्रीय सचिव राजकुमार विश्वकर्माको अध्यक्षता तथा अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीको प्रमुख आतिथ्यतामा प्रदेश २ स्तरीय भेला सम्पन्न भएको हो । भेलामा प्रदेश सभा सदस्य बेची लुंगेली, अनेरास्ववियूकी केन्द्रीय महासचिव आरती लामा र प्रदेशका आठै जिल्लाका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७८ आइतबार ००:००  २ : १७ बजे