४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

रोकिएका श्रमिक कोरिया लैजाने तयारी



काठमाडौं ।

रोजगार अनुमति प्रणाली ९ईपीएस० अन्तर्गत कोरिया जान नपाएका नेपाली युवालाई दुईवटा शर्तसहित लैजाने सम्बन्धमा तयारी सुरु भएको छ । कोरियन पक्षले नेपालबाट सीधा उडान र कडा स्वास्थ्य मापदण्ड पूरा गरी रोकिएका १० हजारभन्दा बढी युवालाई लैजाने गरी तयारी भएको हो । कोरियाबाट फर्केका श्रमिकहरुको संस्था अंकुर नेपाल, वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपाल र मानव संशाधन विकास बोर्ड एचआरडी कोरियाबीच यस विषयमा छलफल भएको थियो ।

ईपीएस अन्तर्गत रोकिएका नेपाली युवालाई रोजगारीका लागि कोरिया जाने वातावरण बनाउन नेपाल र कोरियाबीच निरन्तर भइरहेको छलफलपछि रोकिएका नेपाली जाने सम्भावना बढेको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८ आइतबार ००:००  ८ : १८ बजे