४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

नेपाल अर्थोपेडिक एसोसिएसन लुम्बिनी च्याप्टर गठन, अध्यक्षमा राजेन्द्र सन्जेल



रुपन्देही ।

नेपाल अर्थोपेडिक एसोसिएसन लुम्बिनी च्याप्टरको गठन गरिएको छ । आज लुम्बिनी प्रदेशमा कार्यरत अर्थोपेडिक सर्जनहरुको बुटवलमा भएको भेलाले नेपाल अर्थोपेडिक एसोसिएसन लुम्बिनी च्याप्टरको गठन गरेको हो ।

च्याप्टरको अध्यक्षमा डा. राजेन्द्र सन्जेल क्षेत्री चयन हुनु भएको छ । यस्तै वरिष्ठ उपाध्यक्षमा डा. जाबेद खान, उपाध्यक्षमा डा. कृष्ण खरेल, महासचिबमा डा. गोपाल ज्ञवाली, सहसचिव डा. सागर छेत्री, कोषाध्यक्ष डा. कपिल के सि, सह कोषाध्यक्षमा डा. किशोर श्रेष्ठ रहनुभएको छ ।

सदस्यहरुमा डा. आलोक पान्डे, डा. युधिस्टिर खड्का, डा. मनिष गुप्ता, डा. स्रेजेल श्रेष्ठ, डा. सकल गैरे लगाएत १३ जानाको कार्यसमिती गठन गरिएको छ । यस शाखाले उक्त क्षेत्रमा कार्यरत अर्थोपेडिक सर्जनहरुको एकता, ज्ञान सीप आदान प्रदान, गोष्ठी, सेमिनार लगायत शैक्षिक कृयाकलाप गर्ने अध्यक्ष डा राजेन्द्र सन्जेल क्षेत्रीले बताउनु भयो ।

उहाले निकट भबिष्यमा नेपाल अर्थोपेडिक एसोसिएसनको अन्तरास्ट्रीय गाष्टी यस भेगमा आयोजना गरिने बताउनुभयो । भेलामा बुटवल, भैरहवा, पाल्पा, देवदह लगाएत दाङमा कार्यरत अर्थोपेडिक सर्जनहरुको उपस्थिती थियो ।

प्रकाशित मिति : २ आश्विन २०७८ शनिबार ००:००  ६ : ४४ बजे