४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मलेसियाबाट एकै दिन ६ जनाको शव र १५ जनाको अस्तु नेपाल ल्याइयो



काठमाण्डौ ।

मलेसियाबाट आज शनिवार एकै दिन ६ शव र १५ जनाको अस्तु नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेर ज्यान गुमाएका ६ जनाको शव र १५ जनाको अस्तु ल्याएर परिवारको जिम्मा लगाइएको हो । नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रको पहलमा शव र अस्तु नेपाल ल्याएर आफन्तलाई बुझाएको जनउद्धार केन्द्र मलेसियाका स्वयंसेवक मुकुट रायमाझीले बताउनुभयो । उहाँका अनुसार २१ जनामध्ये एक जना २० वर्षअघि मलेसिया पुगेका थिए ।
कानुनी र प्रक्रियागत झन्झटले गर्दा विदेशमा ज्यान गुमाएकाहरूको शव फर्काउन अझै सहज हुन नसकेको जनउद्धार केन्द्रका रायमाझीले बताउनुभयो ।
विदेशमा ज्यान गुमाएकाहरूको शव ल्याउनका लागि नेपाल सरकार र त्यहाँँ रहेको जनउद्धार समितिले पहल गर्दै आएको छ । सरकारले मृतकका आफन्तको घरसम्म शव वाहनमा शव पुर्‍याउने गर्दै आएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७८ शनिबार ००:००  ६ : २४ बजे