४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

नेपाल फिलिपिन्ससँग पराजित



काठमाडौं ।

एएफसी महिला एसियन कप २०२२ छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा शनिबार भएको खेलमा नेपाल फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको हो ।

बलियो टिम फिलिपिन्सविरुद्ध सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल पराजित भएको हो । खेलको १० औं मिनेटमा विमला चौधरीले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । विमलाले हेड मार्फत उत्कृष्ट गोल गरिन् । तर, विमला ३९ औं मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरिएकी थिइन् । विमलाको स्थानमा अनिता बस्नेत मैदान प्रवेश गरेकी थिइन् । दोस्रो हाफमा भने फिलिपिन्स खेलमा फर्कियो।

प्रकाशित मिति : २ आश्विन २०७८ शनिबार ००:००  ५ : ४९ बजे