४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

शनिबार १ हजार कोभिड संक्रमित थपिए, १६ जनाको मृत्यु



काठमाडौं ।

पछिल्लो २४ घण्टामा मुलुकमा १ हजार ६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ३८५ वटा नमूना पीसीआर ८,५४० र एन्टीजेन २,८१८ परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १६ जनाको मृत्यु भएको छ भने १२ सय ३४ जना डिस्चार्ज भएका छन् । गत २४ घण्टामा १ लाख ७० हजार ३१७ जनाले कोभिड(१९ विरुद्धको खोप लगाएका छन् । हालसम्म मुलुकमा २५ हजार ८२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् भने ११ हजार २८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म आईसीयूमा ३८९ जना, भेन्टिलेटरमा १२१ जना, होम आइसोलेशनमा २३,६३६ जना, संस्थागत आइसोलेशनमा १,५४६ र क्वारेन्टाइनमा २४६ जना रहेको तथ्यांकमा उल्लेख छ । मन्त्रालयको अनुसार नेपालमा कोरोनाभाइरसको संक्रमणदर ९।३ प्रतिशत छ भने मृत्युदर १।५ प्रतिशत छ । मुलुकमा निको हुनेको दर ९५।४ प्रतिशत छ ।

प्रकाशित मिति : २ आश्विन २०७८ शनिबार ००:००  ५ : ३८ बजे