४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

आगामी चुनावमा प्रचण्ड र माधवको पार्टीसँग तालमेल हुन्नः ओली



काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा प्रचण्ड र माधवकुमार नेपालको पार्टीसँग तालमेल नगर्ने प्रष्ट पारेका छन् । तर दुबैसँग रहेका नेताहरुलाई पार्टीमा भने ल्याउन सकिने उनले बताए ।

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको पूर्ण बैठकलाई शनिबार सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले कतिपयले माधव कमरेड पार्टीमा आउनुस् भन्ने गरेको भन्दै आक्रोश पोखे । प्रचण्ड र माधवकुमार नेपाल दुबै कम्युनिस्ट नभएको भन्दै उनले भने, ‘माधव नेपाल गुटसँग केही हुँदैन ।’

प्रचण्ड र माधव नेपालको चर्को आलोचना गरेका उनले दुबै नेतालाई मधु कैटवको संज्ञा दिएका छन् । ५ सिट पनि नजित्ने माओवादी केन्द्रलाई तालमेल गरेर ३६ सिट जिताउँदाको परिणाम भोगिसकेको भन्दै उनले भने, ‘प्रचण्ड र माधव गुटसँग अब तालमेल हुँदैन ।’ प्रचण्ड र माधव नेपालले अलमलमा पारेकाहरुलाई पार्टीमा ल्याउनुपर्ने भन्दै ओलीले उनीहरुलाई आफ्नो शक्ति बनाउनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २ आश्विन २०७८ शनिबार ००:००  ४ : ५६ बजे