५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेकपा केन्द्रीय बैठक बन्दीपुरमा, फोन लैजान र बन्द सत्रमा तस्बिर खिच्न समेत प्रतिबन्ध




दमौली ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको केन्द्रीय समितिको बैठक तनहुँको बन्दीपुरस्थित एक रिसोर्टमा चलिरहेको छ । सरकारले लगाएको प्रतिबन्ध फुकुवा गरेपछि पहिलो पटक करिब सबै केन्द्रीय सदस्यसहित बसिरहेको बैठकमा पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीको भावी राजनीतिक कार्यदिशा र खुला राजनीतिबारे दस्तावेज प्रस्तुत गरेका छन् ।

पार्टी भूमिगत भएयता आयोजना गरिएको बैठकमा विप्लवसँगै स्थायी समितिका सदस्य नेताहरु खड्गबहादुर विश्वकर्मा, धमेन्द्र बाँस्तोला, सन्तोष बुढा, हेमन्तप्रकाश ओलीलगायत अधिकांश छन्। ७० मध्ये ६७ केन्द्रीय कमिटी सदस्य सहभागी बैठक आगामी मंगलबारसम्म चल्ने पार्टीका तनहुँ ईञ्चार्ज पूर्णजीत पुन ‘उभार’ले जानकारी दिए ।

बैठकमा विप्लवले राजनैतिक प्रस्ताव प्रस्तुत गरेका छन्। उनको प्रस्तावमा वैज्ञानिक समाजवाद तथा अहिलेको राजनैतिक पहिलो दिन आ आफ्नो क्षेत्रबाट रिपोर्टिङ लिएका विप्लवले आफ्नो प्रस्तावमाथि आएका टिप्पणी पछि सम्बोधन गर्नेछन् ।

त्यस्तै बन्दीपुर माउण्टेन रिसोर्टमा जारी बैठकमा पार्टी नेताहरुले मेसको खाना खाइरहेका छन् । बैठक रिसोर्टमा भएपनि बसोबास भने आसपासका घर र होटलहरुमा गरिएको दाबी नेताहरुको छ । बैठकमा नेताहरुलाई फोन लैजान र बन्द सत्रमा तस्बिर खिच्न समेत प्रतिबन्ध लगाइएको छ । यसकारण बैठकबारे थप सूचना नआएपनि पार्टीले बैठक सकेर पत्रकार सम्मेलनमार्फत धारणा दिने बताएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७८ शनिबार ००:००  १ : ३८ बजे