५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

श्रीलंकाका दिलशान विराटनगरबाट ईपीएल खेल्ने



काठमाडौं ।
श्रीलंकाका दिलशान मुनावीराले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ९ईपीएल० टी(ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्। ब्याट्सम्यान दिलशानले विराटनगर वारिवर्सबाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन्।

विराटनगरले शनिबार दिलशानलाई चौंथो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरिएको जनाएको छ। दिलशानले श्रीलंकाका लागि १३ टी(ट्वान्टी अन्तराष्ट्रिय र २ एकदिवसीय अन्तराष्ट्रिय खेलेका छन्।

विराटनगरले यस अघि वेस्ट इन्डिजका हेमराज चन्द्रपल, जिम्बावेका अलराउण्डर सिकन्दर राजा र क्यानडाका रायन पठानलाई अनुबन्ध गरेको थियो ।

चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन्। प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० र नेपाल क्रिकेट संघ ९क्यान० ले मान्यता दिईसकेको छ।

साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन्।

प्रकाशित मिति : २ आश्विन २०७८ शनिबार ००:००  १ : २६ बजे