५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

झण्डै पाँच लाख रुपैयाँसहित जोरपाटीबाट २० जुवाडे पक्राउ



काठमाण्डौ ।
काठमाण्डौको जोरपाटीबाट झण्डै पाँच लाख रुपैयाँसहित २० जना जुवाडे पक्राउ परेका छन् ।

पैसामा हारजित हुने गरी अवैध रुपमा जुवातास खेलीरखेलाइ रहेको प्राप्त गोप्य सूचनाको आधारमा वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गएराति तिब्बतियन क्याम्पभित्र रहेको धावा ढुण्डुपको घरमा छापा मारेको थियो । घटनास्थलबाट प्रहरीले जुवा खेलिरहेका २० जनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट चार लाख ७५ हजार रुपैयाँ, २० बुक तास, क्यासिनोमा प्रयोग हुने चार सय ६४ थान क्वाइन, २८ वटा चेक र कौडा पनि बरामद गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७८ शनिबार ००:००  १ : ११ बजे