५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कपिलवस्तुको शिवराजमा बस दुर्घटना, घाइते १८ जनाको अवस्था यस्तो छ



मायादेवी अनलाइन, शिवराज ।

कपिलवस्तुको शिवराज नगरपालिका १ बनकसवासामा आज बिहान यात्रुवाहक बस पल्टिँदा १८ यात्रु घाइते भएका छन्। काठमाडौबाट यात्रु लिएर रुकुम तर्फ जादै गरेको ना ८ ख २९६ नम्बरको बस अनियन्त्रित भई सडकको बायाँ साईडमा पल्टिदा बसमा सवार ३१ जना यात्रु मध्ये १८ जना घाईते भएकोे प्रहरीलाई उद्धृत गर्दै पत्रकार माधव बेल्वासेले बताउनुभएको छ। दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सम्लग्न बसका चालक फरार रहेकोले उनको खोजी भईरहेको र घाइते हरुको चन्द्रौटा स्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

यस्तो छ घाइते हरुको अवस्था

१.जिल्ला सल्यान सारदा न.पा १५ मान्यता बस्ने वर्ष १८ की मेनुका योगीको टाउको, कम्मरर दुबै हातमा चोट अवस्था मध्यम संजिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भईरहेको।

२. बाघचौर न पा १० पिपलनेटा बस्ने बर्ष ३४ की खिमा के। सी। को बाँया हातमा चोट अवस्था सामान्य संजिबनी अस्पताल चन्द्रौटामा उपचार भईरहेको।

३.जिल्ला रुकुम मुसिकोट नपा६ सोलावाड बस्ने बर्ष २८ की कविता मल्लको बाँया हात, बाँया कान र दाहिने खुट्टामा चोट अवस्था सामान्य संजिबनी अस्पताल चन्द्रौटामा उपचार भईरहेको ।

४. ऐ भुमे गाउँपालिका २ खावाङ बस्ने बर्ष २० की चाहाना रोका मगरको टाउको र बाँया हातमा चोट अवस्था मध्यम संजिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भईरहेको।

५.जिल्ला सोलुखुम्बु सोलुदुतकुण्डा नपा११ बस्ने बर्ष ३८ को राजन कार्कीको दाहिने हात, टाउकोमा चोट अवस्था मध्यम संजिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भईरहेको।

६. ऐ.ऐ. ८ बस्ने वर्ष ५६ को प्रकाश मगरको बायाँ खुट्टामा चोट अवस्था सामान्य संजिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भईरहेको।

७. जिल्ला दाङ तुल्सीपुर उप-महानगरपालिका ७ बस्ने वर्ष ५७ की कमला बुढाको छाती र दाहिने हातमा चोट अवस्था सामान्य संजिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भईरहेको।

८. जिल्ला रुकुम मुसिकोट न पा ५ बस्ने वर्ष ४१ को रनेस कुमार खड्काको छातीमा चोट अवस्था सामान्य संजिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भईरहेको।

९. ऐऐ ८ बस्ने बर्ष २० को नन्दलाल गिरीको बाँया हात र बाँया खुट्टामा चोट अवस्था सामान्य संजिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भईरहेको।

१०. जिल्ला रुकुम सानेभेरी गाउँपालिका ३ बस्ने वर्ष २१ को मनोज के। सी। को बाँया हातमा चोट अवस्था सामान्य संजिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भईरहेको।

११. ऐऐ ६ बस्ने बर्ष ३१ को जनक खत्रीको ढाड, बाँया खुट्टा र बाँया हातमा चोट अवस्था मध्यम संजिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भईरहको

१२. जिल्ला सल्यान बाघचौर न पा २ बस्ने बर्ष २६ को लोकेन्द्र डि।सी। को बाँया कानमा चोट अवस्था सामान्य संजिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भईरहेको।

१३. जिल्ला दाङ घोराही नपा १५ बस्ने बर्ष ३३ की दिलपुरी बुढी मगरको टाउको दाहिने खुट्टामा चोट अवस्था सामान्य संजिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भईरहेको।

१४. जिल्ला रुकुम सानेभेरी गाउँपालिका ३ बस्ने बर्ष २६ को प्रेम ब खत्रीको टाउको र छातीमा चोट अवस्था मध्यम संजिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भईरहेको।

१५. जिल्ला सल्यान बाघचौर नपा १० बस्ने बर्ष ३२ को धन बहादुर केसी को कुमको भागमा चोट अवस्था सामान्य संजिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भईरहेको।

१६. ऐ दारमा गाउँपालिका ५ बस्ने वर्ष ३९ को दिप बहादुर ओलीको बाँया हात, टाउको र कम्मरमा चोट अवस्था सामान्य संजिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भईरहेको।

१७. जिल्ला रुकुम भुमे गाउँपालिका ७ बस्ने वर्ष ३५ को सत बहादुर बुढा मगरको शरिरको भित्री भागमा चोट अवस्था सामान्य संजिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भईरहेको।

१८. जिल्ला सल्यान दारमा गाउँपालिका १ बस्ने बर्ष ६२ को होले महरको शरिरको भित्री भागमा चोट अवस्था सामान्य संजिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भईरहेको

प्रकाशित मिति : २ आश्विन २०७८ शनिबार ००:००  ८ : २७ बजे