५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेकपा एकीकृत समाजवादी गुल्मीको इन्चार्जमा थापा, अध्यक्षमा महत



गुल्मी ।

नेकपा एकीकृत समाजवादी गुल्मीको इन्चार्जमा हिमाल थापा चयन भएका छन् । नेकपा एमाले ओली समूहबाट विद्रोह गरी समाजवादीमा प्रवेश गरेका थापालाई इन्चार्जको जिम्मेवारी दिइएको हो । समाजवादीले विद्यार्थी नेता श्रीराम महतलाई भने अध्यक्षको जिम्मेवारी दिएको छ । जिम्मेवारी पाएलगत्तै अध्यक्ष महतले समाजवादीलाई नै सच्चा एमाले बनाउने दाबी गरे । उनले भने, ‘अब सच्चा एमाले पार्टी भनेकै नेकपा एकीकृत समाजवादी पार्टी बनाउँदै छौं, छिटै जनताले त्यो महशुस गर्नुहुनेछ ।’
उनी नेकपा एमालेमा रहँदा अनेरास्ववियूका जिल्ला अध्यक्षको जिम्मेवारीमा रहेका थिए । केही दिनअघि गुल्मीमा आयोजित सभालाई सम्बोधन गर्दै एमाले नेताहरु प्रदीपकुमार ज्ञवाली र गोकर्ण विष्टले गुल्मीबाट माधव नेपाल नेतृत्वको पार्टीमा जाने एमाले कार्यकर्ता कोही पनि नरहेको दाबी गरेका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७८ शनिबार ००:००  ९ : ०५ बजे