५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

अफगानिस्तानको काबुलमा भएको ड्रोन आक्रमणमा १० जना निर्दोस नागरिक मारिएको पुष्टि



काठमाण्डौ ।

अफगानिस्तानको काबुलमा भएको ड्रोन हमलामा १० जना सर्वसाधारण मारिएको भन्दै अमेरिकाले माफी मागेको छ । यसअघि तालिबानी लडाकु मात्रै मारिएको दाबी गरे पनि हिजो अमेरिकी सेनाले पत्रकार सम्मेलन गरेर आफूहरुले गरेको आक्रमणमा १० जना सर्वसाधारण मारिएको र त्यो एउटा दुःखद् क्षण भएको बताएका समाचार संस्था रोयटर्सले जनाएको छ ।

निर्दोस मानिस मार्नु कुनै उद्देश्य नभए पनि विद्रोहीलाई जवाफ दिने क्रममा सर्वसाधारण मारिएको अमेरिकी सेनाले जनाएको छ । अफगानिस्तानमा तालिबानले कब्जा जमाए पछि २६ अगस्टमा काबुल एयरपोर्टमा आईएसआईएसले आत्मघाती हमला गर्दा १३ अमेरिकीसहित २ सयभन्दा धेरैको ज्यान गएको थियो ।

त्यसको बदला लिनको लागि पछि अमेरिकाले ड्रोन हमला गरेको थियो । त्यतिबेला अमेरिकाले कोही पनि सर्वसाधारण नमारिएको दाबी गर्दै आएको थियो ।

प्रकाशित मिति : २ आश्विन २०७८ शनिबार ००:००  ८ : २० बजे