५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

एकीकृत समाजवादी नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाहको पार्टी बन्छः रामकुमारी झाँक्री



बुटवल ।

नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले एकीकृत समाजवादी पार्टी नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाहको पार्टी बन्ने बताएकी छन्। बुटवलमा लुम्बिनी प्रदेश कमिटीको प्रथम बैठकमा उनले विद्रोह र पुनर्गठनबाट आएको पार्टी भोलि नै ठूलो पार्टी बन्न नसक्ने बताइन्।

‘आजै विद्रोह र संघर्षबाट आएको पार्टी भोलि नै ठूलो पार्टी बन्छरु’ उनले भनिन्, ‘वस्तुगत अवस्थाले यसो भन्छ त रु नभन्न पनि सक्छ, आज विद्रोहको प्रक्रिया सुरु भएको छ, लुम्बिनीमा भर्खर विद्रोहको सलाईको काँटी सल्किएको छ र विस्तारै यो फैलिँदै जान्छ।’ उनले एकीकृत समाजवादी पार्टी बहुसंख्यक युवा र सम्मान गर्नलायक अग्रजहरूको पार्टी बन्ने बताइन्।

‘हामी विद्रोहबाट आएका छौँ, चुनौती छन् तिनलाई चिर्दै हामी बढ्ने हो, केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरू उपस्थित बैठकमा उनले भनिन्, ‘हामीलाई लुम्बिनीमा चुनौती दिनेहरूलाई हामी अब चुनौती दिन्छौं, त्यसका लागि पार्टी बनाउन लाग्नुस् र युवा र अग्रज मिलेर यो अभियानलाई अघि बढाऊँ।’
कार्यक्रममा विजय पौडेल, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, राजु गुरुङलगायतले पार्टी अभियानलाई तीव्र रुपमा अघि बढाउने बताएका थिए।

एकीकृत समाजवादी सरकारमा सहभागी हुने

नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने भएको छ। बुटवलमा पत्रकारहरूसँग समाजवादी लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले लुम्बिनी प्रदेशमा बनेको गठबन्धनलाई समर्थन रहेको र सरकारमा सहभागी हुने बताए। उनले समाजवादीको तर्फबाट मन्त्री बन्ने जानकारी दिए। लुम्बिनी प्रदेशमा समाजवादीमा एक जना मात्रै सांसद रमा घर्ती छन्।
लुम्बिनी प्रदेशमा ४ दल कांग्रेस, माओवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच बनेको गठबन्धनमा एकीकृत समाजवादीसमेत सहभागी भएपछि ५ दलीय गठबन्धन बन्नेछ। घर्ती कुन मन्त्री बन्ने भन्ने टुंगो नलागे पनि उनी मन्त्री बन्ने गठबन्धनले जनाएको छ।

प्रकाशित मिति : २ आश्विन २०७८ शनिबार ००:००  ७ : ४८ बजे