५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

खुले रोल्पाका विद्यालय



रोल्पा ।

रोल्पाका सबै सामुदायिक विद्यालयले भौतिक उपस्थितिमै पढाइ सुरु गरेका छन् । कोभिड–१९ का कारण लामो समयदेखि बन्द विद्यालय स्थानीय तहको निर्देशनपछि खुलेका हुन ।सदरमुकाम लिबाङस्थित नगर शिक्षा कार्यालयसहित ९ वटा गाउँपालिकाले विद्यालय खोल्न निर्देशन दिएका थिए । स्थानीय तहले कक्षाकोठा र घर आउजाउ गर्ने समयमा पनि संक्रमणबाट जोगिने उपाय अपनाउन सुझाव दिएका छन् । स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै विद्यालय सञ्चालन गर्न विद्यालयलाई सचेत बनाइएको जनप्रतिनिधिले जनाएका छन् ।

संक्रमण बढेका बेला यसअघि केही विद्यालयले अनलाइनमार्फत पठनपाठन गरेका थिए । संक्रमण फैलने त्रासका कारण चालु शैक्षिक सत्रको करिब ५ महिनापछि मात्रै विद्यालय पहिलोपटक खोलिएका हुन् । केही विद्यालयले टोल शिक्षा र अनलाइन विधिबाट पढाए पनि संक्रमण त्रासकै कारण सरकारले टोल शिक्षा कक्षा रोक्न निर्देशन गरेको थियो ।

प्रकाशित मिति : १ आश्विन २०७८ शुक्रबार ००:००  ६ : ४३ बजे